ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२७ जेष्ठ २०८१, आईतवार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ७५ रुपैयाँले घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*