विराटनगरमा विद्यार्थीद्वारा योजना आयोगको गाडीमा आगजनी

२७ जेष्ठ २०८१, आईतवार १२:०६

काठमाडौँ। विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए ।

आन्दोलित विद्यार्थीहरुले विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड समेत गरिएको छ । पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो । कार्यक्रमका लागि पुगेकाहरूले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरू तोडफोड गरिएको हो ।

पक्राउ परेको समूहका सदस्यले निजी विद्यालयहरूले कानूनविपरीत आफूखुसी शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*