पुलमा अड्किएका खच्चडको उद्धार कार्य जारी

२७ जेष्ठ २०८१, आईतवार १३:२७

काठमाडौं । दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीमाथि पुलमा अड्किएका खच्चडको उद्धार सुरु गरिएको छ ।

पुलको लठ्ठा चुँडिदा पुलमा खच्चड जालीमा जेलिएर अडिकएका छन् । जाली काटेर खच्चडलाई नदीमा खसालेर उद्धार गर्न थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म १३ मध्ये ४ वटा खच्चडको उद्धार गरिसेकेको र उनीहरुको औषधि उपचारको लागि पशु चिकित्सको टोलिलाई पनि बोलाएको जनाएको छ ।

नदीमा नाउ तयारीमा अस्वथामा राखिएको छ । सेना, प्रहरीसहितको उद्धार टोली घटास्थल पुगिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*