राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा

२७ जेष्ठ २०८१, आईतवार १५:१८

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

चौधरीले मगध विश्वविद्यालय, बोधगया,भारतबाट बीए उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा,लाभ र सुविधा लिएको पुष्टि हुन आएको अख्तियारले ठहर छ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको हुँदा छानबिन गरी पाउँ भन्ने अख्तियारमा उजुरी निवेदन परेको थियो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*