चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद

२७ जेष्ठ २०८१, आईतवार १६:००

काठमाडौँ । चिया पसलबाट प्रहरीले पाँच लाख नक्कली नोट बरामद गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा चिया पसल संचालन गरी बस्ते तारा देबी डंगोललाई नक्कली नोटसहित प्रक्राउ गरेको हो ।

शनिबार राति डंगोलको साथबाट नेपाली एक हजार दरका पाँच सय १५ थान नक्कली नोट बरामद गरिएकोे प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले डंगालको चिया पसलमा छापा हानेको थियो ।

उनी माथि थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*