राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

२७ जेष्ठ २०८१, आईतवार १६:३७

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिएका छन् । बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् ।

सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने उनको भनाइ थियो । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उनले बताए ।

जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*