पद्मोदय माविका आधा दर्जनबढी व्यवसायिक सटरमा महानगरपालिकाको ताला

२७ जेष्ठ २०८१, आईतवार १७:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयका करिव १५ वटा व्यवसायिक सटर बन्द गराएको छ । विद्यालयलाई व्यवसायभन्दा पनि शिक्षा क्षेत्रमा ध्यान दिन र आवश्यक आर्थिक समस्या भएमा महानगरपालिकामा जानकारी गराउन भन्दै सटरहरु बन्द गराएको हो ।

सटरहरु व्यवसायिक रुपमा भाडामा उपलब्ध गराउदै आएका विद्यालयहरुले विद्यार्थीहरुको अध्यापनमा भन्दा पनि व्यवसायमा बढी ध्यान दिएको र सो कारण विद्यार्थीहरुको अध्यापनमा नकरात्मक प्रभाव परेको महानगरपालिकाको ठम्याई रहेको छ ।

‘कार्यपालिका बैठकको निर्णय अनुसार महानगरपालिकाको हाताभित्र पर्ने कुनै पनि समुदायिक विद्यालयहरुले कुनै पनि प्रकारको व्यवसाय गर्न नपाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हाम्रो विद्यालयबाट सटर भाडामा लिएर व्यवसायी गरिरहेका सटरहरु बन्द गरेको हो।’ पद्मोदय माध्यमिक विद्यालयका एक शिक्षकले बीमापोष्टलाई जानकारी दिए । साथै उनले भने, ‘हामीले विगत २५ वर्षदेखि सटरहरु भाडामा दिदैं आएको कारण विद्यार्थीहरुलाई विभिन्न सिर्जनात्मक कार्यक्रम तथा छात्रवृद्धि उपलब्ध गराउन सजिला भएको थियो।’

प्रदर्शनीमार्गको जाने बाटोमा रहेको उक्त विद्यालयबाट सटर भाडामा लिएर व्यवसाय गर्दै आएका एक व्यवसायीले भने, ‘हामीहरुमाथी अन्याय भएको छ । विद्यालयसँगको सम्झौता अझै ३ वर्षबाँकी रहेको र मासिक रुपमा ४५ हजार रुपैयाँ भाडाँ तिर्दै आएका छौं । विद्यालयले जम्मा तीन दिनको समय दिएको छ । यो समयमा समानहरु हटाउन सम्झव छैन्।’

विद्यालयले व्यापारीहरुलार्ई झण्डै तीन महिना अगाडीदेखि नै सम्झौता नविकरण नगरेको र व्यापारीहरुलाई पनि पूर्व जानकारी दिएको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*