चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा

२८ जेष्ठ २०८१, सोमबार ०८:०२

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारणसभा असार २३ गते गर्ने भएको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैँक्वेटमा बिहानको ११ बजे देखि बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधराण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दई जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्नेछ । यसका आधारमा असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*