सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२८ जेष्ठ २०८१, सोमबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा चार हजार रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी आज तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*