लक्ष्मी इक्विटी फण्ड परिपक्व

२८ जेष्ठ २०८१, सोमबार ११:११

काठमाडौँ । लक्ष्मी इक्वटी फण्ड परिपक्व भएको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि २०७४ साल वैशाख ३ गते अनुमति पाएको थियो ।

योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । योजना परिपक्व भएसँगै दोस्रो बजारमा सूचीकरण समेत खारेज भएको छ । जेठ २७ गते कारोबार समयपश्चात् परिपक्व भएसँगै योजनाको सूचीकृति १२ लाख ५० हजार इकाई खारेज गरेको जानकारी दिएको हो ।

यस अवधिसम्म योजनाको प्राप्त भइनसकेको आम्दानी २२ करोड रूपैयाँभन्दा बढी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*