साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस खरिद गर्न टेण्डर आव्हान

२८ जेष्ठ २०८१, सोमबार १२:१०

काठमाडौँ । साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ ।साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर आव्हान गरेको हो ।

साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ । टेन्डरमा सहभागी हुन बिक्रेताहरुले एक महिनाभित्र साझामा आवदेन दिन सक्नेछन्। टेन्डर प्रतिस्पर्धाबाट बोलकबोल गरिने भएकाले माइक्रोबसका लागि आवेदन दिनेले ३० लाख रुपैयाँ र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

टेन्डर जुलाई १० गते दिउँसो साढे १ बजे खोलिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*