भोलि चार घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिङ्ग सेवा बन्द हुने

२८ जेष्ठ २०८१, सोमबार १४:१२

काठमाडौं। भोलि चार घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंङ्ग सेवा बन्द हुने भएको छ।फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग बन्द हुने भएको हो ।

भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार विहान १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

अधिकाँश बैंकहरुको अनलाइन बैंकिंग फोनपेले सञ्चालन गरेको छ। यसले गर्दा क्यूआर स्क्यान लगायतका डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*