त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धुवाँको मुस्लो उडेपछि…..

२८ जेष्ठ २०८१, सोमबार १४:२७

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन उद्धार अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो ।

त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान–अवतरण बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १ः३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ ।

अपरान्ह १ बजेदेखि हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँगसम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार अभ्यास गरिएको हो ।यो अभ्यासको सिलसिलामा विमानस्थल क्षेत्रमा जहाज दुर्घटनापछिको दृश्य जस्तै धुवाँ निकालिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*