बाराही हाइड्रोपावरको साधारण सभा असोज १८ गते, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गौरव इभेन्ट्स गौतम प्लाजा स्युचाटार सालिक चोक, कलंकी काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जस कारण कम्पनीका शेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गर्ने भएको छ ।