यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ २ पैसाले बढेर बिक्रीमूल्य १३४ रुपैयाँ ६४ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ४ पैसा कायम भएको छ ।
यस्तै आज क्यानेडियन डलर एकको खरीदभाउ ९८ रुपैयाँ ८५ पैसा र बिक्रीभाउ ९९ रुपैयाँ २९पैसा छ । अष्ट्रेलियन डलर एक खरीदका लागि ८९ रुपैयाँ २२ पैसा र बिक्रीका लागि ८९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
यस दिन एक युरोको बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ भने खरीददर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीमूल्य १७६ रुपैयाँ १४ पैसा र खरीदमूल्य १७५ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।
एक कतारी रियालको खरीदमूल्य ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।