गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो ।
कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।