मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका कम्पनी
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि मानुषि लघुवित्त वित्तीयको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज संस्थाको शेयरमूल्य प्रतिकित्ता १७३ रुपैयाँले बढेर १९०३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेर १०५५ रुपैयाँ पुगेको छ । आज अप्पर स्यांगे हाइड्रोपावरको ७.५४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ५.८० प्रतिशतले शेयरमूल्य बढेको छ ।