अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (भदौ २६) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको भाउ ३ पैसाले बढेर बिक्रीमूल्य १३४ रुपैयाँ ६७ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ७ पैसा पुगेको छ ।
यस दिन एक मलेसियन रिंगिटको बिक्रीभाउ ३१ रुपैयाँ १ पैसा र खरीदभाउ ३० रुपैयाँ ८७ पैसा छ भने एक यूएई दिरामको खरीदभाउ ३६ रुपैयाँ ५० पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ६७ पैसा छ ।
त्यस्तै कतारी रियाल एक खरीदका लागि ३६ रुपैयाँ ७८ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ९५ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरीदभाउ ८९ रुपैयाँ ४१ पैसा र बिक्रीभाउ ८९ रुपैयाँ ८१ पैसा छ ।