स्वास्थ्य बीमाको प्रिमियम ७ देखि १५ हजारसम्म बनाउन सुझाव

२८ पुष २०८१, आईतवार १९:४६

काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले प्रिमियमलाई प्रगतिशील बनाई ७ देखि १५ हजारसम्म बनाउन सुझाव दिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा हाल भइरहेको प्रिमियमलाई बढाएर थैलीको दायरा फराकिलो बनाउने उद्देश्यले उक्त प्रस्ताव गरिएको हो । प्रतिवेदनले स्वास्थ्य बीमा प्रिमियमको योगदान आम्दानीमा आधारित बनाउन समेत सुझाव दिएको छ ।

स्वास्थ्य बीमामा देखिएका समस्या समाधान बारे सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा अहिले रहेको प्रिमियम रकम बढाउन सुझाव दिइएको हो ।

अहिलेको व्यवस्थाअनुसार पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सय रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ ।

बीमाको सुविधा थैलीमा पाँच सदस्यीय परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रतिव्यक्ति ७ सय थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

3 thoughts on “स्वास्थ्य बीमाको प्रिमियम ७ देखि १५ हजारसम्म बनाउन सुझाव

  1. स्वास्थ्य बीमा को रकम जुन दिन जम्मा हुन्छ त्यस मिति बाटै स्वास्थ्य बीमा चालु हुनुपर्छ
    बीमीतले सेवा पाउन किन तीन महिना सम्म कुर्नुपर्ने?अनि सेवा पाउन पनि वडा तथा नगरपालिका को सिफारिस किन चाहियो?यो सेवा पाउन धेरै अप्ठ्यारो भयो जनतालाई

  2. राम प्रसाद राय :- दर्ता सहयाेगी sar175 says:

    बढी प्रिमियम गरेमा मधेश तर्फकाे जन्ता बिमा गराउदैन किनभनेकि ३५००/- मा गराउन मान्दैन न.पा. ले केही सुबिधा गरेकाे वा मतलव राखेकाे छैन ।

  3. सुपिना तामाङ says:

    यो कुरा एकदामै सहि हो।।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*