रास्वपाले गर्यो संसद बहिष्कार
१८ माघ २०८१, शुक्रबार १३:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। प्रतिनिधिसभाको बैठकमा रास्वपाले आफ्नो मागको बेवास्ता गरेको भन्दै १५ मिनेटका लागि बैठक बहिष्कार गरेको हो।
रास्वपाका सांसदहरूले नाराबाजी गर्दै बैठकस्थल छाडेका भए तापनि सभामुखले कार्यक्रमलाई निरन्तरता दिएका छन्।











