३ सय रुपैयाँमै साना किसान विकास लघुवित्तको २० हजार कित्ता शेयर खरिद गर्न सकिने, आवेदन कहाँ दिने ? 

२२ माघ २०८१, मंगलवार ०८:५२

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

संस्थाले उक्त शेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले लिलामी मार्फत बिक्रीमा राखेको छ । शेयरधनीहरुले न्युनतम् १ हजार कित्ता र अधिकतम् ५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र एनआइसी एशिया क्यापिटल तथा संस्थाको प्रधान कार्यालयमा आवेदन दिन सक्ने संस्थाले प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*