फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ५३१ रुपैयाँ 

२२ माघ २०८१, मंगलवार ०९:१२

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१ सय रुपैयाँका दरले बिक्रीमा राखेको छ । शेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी आफ्नो  क्षमता अनुसार खरिद गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपनेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट खरिद नभएको अवस्थामा उक्त शेयर सर्वसाधारणहरुलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*