कालिका लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै इपीएस बृद्धि
२२ माघ २०८१, मंगलवार ०९:३४

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा संस्थाले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३४.८९ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड पुगेको छ । उक्त ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको २६ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१.२४ रुपैयाँ छ ।