सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक लाभांश घोषणा

२२ माघ २०८१, मंगलवार १०:२५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीहरुका लागि आकर्षक लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*