पुँजी बजारमा करेक्सनः कारोबार रकम खुम्चियो, कस्तो होला अबको यात्रा ?

२२ माघ २०८१, मंगलवार १५:०८

काठमाडौँ । दुई दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार सोमबार झिनो बढ्न पुगेको थियो । दुई दिन हरियालीका कारण आज बजार दोहोरो अकंले घट्न पुगेको हो ।

लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा बजारमा घट्न पुगेको हो । पछिल्लो दुई दिनको भन्दा कारोबार रकम खुम्चिएको छ । कारोबार घटेपनि आजको कारोबार सन्तोषजनक नै देखिएको छ । यतिबेला अधिकांश कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट पनि आइसकेको छ । धेरैजसो सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । शेयरेयरधनीको खातामा धमाधम लाभांश पठाउनेक्रम चलिरहेको छ । कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्टहरु आइरहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर रहेको अवस्था छ । यी सबै कुराहरुले सेयर बजारमा अब सकारात्मक माहोल आउन सक्ने विश्लेषणहरु भइरहेका छन् । विशेषज्ञहरूले लगानीकर्तालाई वित्तीय रूपमा सबल र राम्रो लाभांश दिने कम्पनीहरूमा लगानी गर्न सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ ।

यसदिन ११ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको २.६० प्रतिशत, फाइनान्स समूहको १.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ७१ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*