मजबुद बन्दै माइक्रोफाइनान्स: २२ लघुवित्तका प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा, कुनमा को अब्बल ? (तथ्यांकसहित)

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै गएका छन् ।
हाल सञ्चालनमा रहेका २२ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु रहेका छन्, जसमा २२ वटाले मात्र हालसम्म दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
प्रकाशित वित्तीय विवरणका अनुसार अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । साथै कम्पनीहरुको खुद ब्याज आम्दानी पनि बृद्धि हुदै गएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयम कम्पनीहरुको सक्रियतामा खराव कर्जा घट्दै गएको हो ।
समीक्षा अवधिमा नाफामा जीवन विकास लघुवित्त, चुक्ता पूँजीमा एनआइसी एशिया लघुवित्त, प्रतिशेयर आम्दानीमा ग्लोबल आइएमई लघुवित्त, खुद ब्याज आम्दानीमा पनि जीवन विकास लघुवित्त र खराव कर्जामा आत्मनिर्भर लघुवित्त अग्रस्थानमा रहेका छन् । अधिकांश कम्पनीहरु वित्तीय सूचकको आधारमा बलिया बन्दै गएका छन् ।
खुद नाफा
समीक्षा अवधिमा वित्तीय विवरण प्रकाशित भएका २२ लघुवित्तहरुमध्ये जीवन विकास लघुवित्त खुद नाफामा सबैभन्दा अगाडी रहेको छ । यस अवधिमा संस्थाले २० करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
साथै, ग्रामीण विकास लघुवित्तले १८ करोड १८ लाख रुपैयाँ, ग्लोवल आइएमई लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ, स्वावलम्बल लघुवित्तले ८ करोड सात लाखबढी मुनाफा आर्जन गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा
खुद ब्याज आम्दानी
समीक्षा अवधिमा खुद ब्याज आम्दानीको आधारमा पनि जीवन विकास लघुवित्त अग्रस्थानमा रहेको छ । यस अवधिमा संस्थाले ९४ करोड ८१ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको विवरणले देखाएको छ ।
साथै, ब्याज आम्दानीमा पनि ग्रामीण विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ । यस संस्थाले चालु आवको ६ महिनामा ५९ करोड ८९ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ । यस अवधिमा स्वावलम्बल लघुवित्तले ४० करोड ८ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तले ३५ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा
लघुवित्तको ब्याज आम्दानीमा उल्लेख्य बृद्धिः दोस्रो त्रैमासमा कुनले कति कमाए ? (तथ्यांकसहित)
चुक्ता पुँजी
समीक्षा अवधिमा चुक्ता पुँजीको आधारमा एनआइसी एशिया लघुवित्त अग्रस्थानमा रहेको छ । यस संस्थाको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, स्वावलम्बल लघुवित्तको चुक्ता पँुजी एक अर्ब ४५ करोड रुपैयाँ, जीवन विकास लघुवित्तको एक अर्ब ३४ करोड रुपैयाँ र फस्ट माइक्रोफाइनान्स लघुवित्तको एक अर्व ३४ करोड रुपैयाँ चुक्ता पँुजी रहेको छ ।
प्रतिशेयर आम्दानी
समीक्षा अवधिमा प्रतिशेयर आम्दानीको आधारमा ग्लोबल आइएमई लघुवित्त अग्रस्थानमा रहेको छ । यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा रहेको छ ।
साथै, जीवन विकास लघुवित्तको ३० रुपैयाँ ४९ पैसा, गुराँस लघुवित्तको २६ रुपैयाँ ७० पैसा, सपोर्ट माइक्रोफाइनान्सको २५ रुपैयाँ ३२ पैसा र उपकार लघुवित्तको २५ रुपैयाँ १९ पैसा ईपीएस रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा
सुधारिदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफा र खराब कर्जामा कसको अवस्था कस्तो ? (तथ्यांकसहित)
खराव कर्जा
यस अवधिमा आत्मनिर्भर लघुवित्तको खराव कर्जा सबैभन्दा अगाडी रहेको छ । खराव कर्जा बढेसँगै संस्थाका प्रमुख वित्तीय सूचकहरु समेत धरापमा पर्दै गएका छन् । यस अवधिमा संस्थाको खराव कर्जा १५.०९ प्रतिशत रहेको छ ।
त्यस्तै, एनआइसी एशिया लघुवित्तको खराव कर्जा १३.३७ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९.८५ प्रतिशत, स्वस्तिक लघुवित्तको ८.५० प्रतिशत रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा