सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु

२४ माघ २०८१, बिहीबार २१:३५

काठमाडौँ । सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो ।

अहिले संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको छ । यसका लागि प्रतिरोपनी ३ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । संस्थाको सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा ७ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी बिक्री गर्न लागिएको छ ।

त्यस्तै, ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा १० लाख ८० हजार रुपैयाँमा तथा सूर्यविनायक १० स्थित चित्तपोलमा रहेको ४ आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले न्यूनतम मूल्य कायम गरी बिक्रीका लागि तोकिएको छ । इच्छुक व्यक्तिले ३५ दिनभित्र गोप्य शिलबन्दी गोप्य शिलबन्दी निवेदन पेश गर्नु समितिले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*