प्रतिकित्ता ५५० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

२७ माघ २०८१, आईतवार ०८:२०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको ८ लाख कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ।

कम्पनीले आज माघ २७ गतेदेखि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूका साथै अन्य जो कोही व्यक्ति वा कम्पनीले समेत किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यसमा आवेदन दिने अन्तिम मिति फागुन ४ गते तोकिएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर किन्न इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*