सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१ फाल्गुन २०८१, बिहीबार ०६:४६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज फागुन १ गते अन्तिम दिन हो।

कम्पनीले एकतीसौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा भाग लिन र सभाले पारित गरेको लाभांश पारित गर्न योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न यही फागुन १५ गते विहीबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सभा बोलाएको छ।

सभाले लाभांशका अतिरिक्त गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*