नेशनल लघुवित्तका आठ संस्थापकले एकैपटक शेयर बेच्दै

१ फाल्गुन २०८१, बिहीबार ०८:२१

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता शेयर एकैपटक बेच्ने भएका छन्।

यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर पाण्डे, गणेशमान मुखिया र वेद बहादुर थापा रहेका छन्।

यो शेयर हाल कम्नपीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*