घट्यो पुँजी बजारः कारोबार र परिसूचक पनि खुम्चियो, फाइनान्स कम्पनीमा भने उछाल

१ फाल्गुन २०८१, बिहीबार १५:०५

काठमाडौँ । दुई दिन सामान्य अकंले बढेको बजार आज भने ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा आज बजारमा करेक्सन देखिएको हो । नेप्से घटेपनि आज कारोबार समेत केहि खुम्चिन पुगेको छ ।

हाल शेयर बजार साइडवेज प्रवृत्तिमा देखिएको छ भने लगानीकर्ताहरूबीच यसको गतिबारे विभिन्न अड्कलबाजी भइरहेको छ । लामो समयदेखिको वियरिस ट्रेन्डपछि अब बजारले उकालो यात्रा सुरु गर्ने धेरैको विश्वास रहेको छ । धेरै कम्पनीहरूको मूल्य सस्तो भएसँगै नगद लाभांश वितरणले ठूला कम्पनीहरूको आपूर्ति न्यून रहेको र नयाँ ब्रोकरहरूले माग पक्षलाई सबल बनाइरहेको देखिन्छ ।

बैंकिङ प्रणालीमा तरलता प्रचुर मात्रामा रहेको र ब्याजदर तल्लो विन्दुमा पुगेकाले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन् भने कतिपयको बेस रेट अझै घट्न सक्ने सम्भावना छ । जसले बजारलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

लगानीकर्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा नीतिगत सहुलियतको प्रतीक्षामा छन्। सेयर धितो कर्जाको जोखिमभार उच्च रहेको र व्यक्तिगत लगानीकर्ताका लागि कर्जाको सीमामा सहजता चाहिएको मागबीच बैंक–वित्तीय संस्थाहरूले अल्पकालीन सेयर कारोबारमा लगानी गर्न पाउने वातावरणको अपेक्षा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अकंले घटेर २६७८.४७ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेकोछ । आज फाइनान्स समूहको १.८८ प्रतिशतले शेयर मुल्य बढेको छ ।

बिहिबार ७६ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*