अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ
१ फाल्गुन २०८१, बिहीबार १६:११

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।