बीमा नियामावली, २०८१ मा बीमा अभिकर्ताहरुको कुन-कुन बिषय समेटिएका छन् ?

काठमाडौं । करिब दुई बर्ष लामो समयपछि सरकारले बीमा नियामावली २०८१स्वीकृत गरेको छ । अभिकर्ताहरुको माग सम्बोधन नगरेको भन्दै बारम्बार यस बिषयमा प्राधिकरणसँग लामो छलफल र बहस समेत भएको थियो ।
बीमा ऐन बनाउदा बीमा प्राधिकरणले अभिकर्ताहरुलाई पाखा लगाएर मन्त्रालयमा पुराएको भन्दै लामो बहस समेत भएको थियो । मन्त्रालयमै पुगेर बीमा अभिकर्ता संघले यस बिषयमा आफनो सुझाव समेत राखेका थिए ।
बीमा प्राधिकरणबाट मन्त्रालयमा पठाईसकेको ऐन संसोधन गर्न सम्भव नरहेको कारण संघका पदाधिकारीहरुले सिंहदरबारमा लामो समयसम्म धाउनु परेको थियो ।
अभिकर्ता संघले अर्थमन्त्रालयदेखि कानुन मन्त्रालयसम्म बीमा अभिकर्ताहरुको बिषयमा समावेश गर्नका लागि धाउनु परेको थियो ।
तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवालले अभिकर्ताको मागको बिषयलाई वेवास्ता गरेपनि हालका अध्यक्ष मदन दाहालले यी बिषयमा गहन अध्ययन गर्न प्राधिकरणको नेत्तृवमा एक गठन कमिटि समेत बनाएको थियो । उक्त कमिटिले हाल अध्ययन गरिरहेको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावलीमा अभिकर्ताको अनिवार्यता, लाइसेन्स तथा नवीकरण प्रक्रिया, अभिकर्ताको कमिसन, शैक्षिक योग्यता, इन्सेन्टिभलगायतका विषय समावेश छन् ।
नियमावलीले बीमा कम्पनीले जारी गरेकोे ‘वेभ एग्रिगेटर’मार्फत अनलाइन माध्यमबाट बिक्री गर्न र विश्लेषणसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।
नयाँ नियमावलीमा अभिकर्ता बन्न कम्तीमा १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ ।बीमा नियमावलीमा नयाँ प्रमाणपत्र लिनका लागि २ हजार ५ सय रुपैयाँ र नवीकरणका लागि हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
अहिले बीमा अभिकर्ता शुल्कबापत ५ सय रुपैयाँ तोकिएको छ भने दुई नियमावलीले अभिकर्ता मात्रै बन्ने तर बीमालेख भने बिक्री नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको छ । नयाँ बीमलेख जारी तथा नवीकरण गर्ने मापदण्ड र शुल्कमा समेत थप कडा पारिएको छ ।
बीमा नियमावलीमा अभिकर्ता इजाजतपत्र नवीकरणसम्बन्धी र अभिकर्ता कमिसन वितरणसम्बन्धी नयाँ व्यवस्था समावेश गरिएको छ । यो दुवै नियमको प्रावधानले व्यावसायिक अभिकर्ता उत्पादनमा बल पुग्ने दाबी गरिएको छ ।
नियमावलीले अभिकर्ता इजाजतपत्र नवीकरणका लागि सम्बन्धित बीमकको सिफारिस अनिवार्य गरिएको छ । यसबाहेक अभिकर्ताका रूपमा सक्रिय भएर काम गरेको प्रमाण र अभिकर्ताले बिक्री गरेको बीमलेख नवीकरणसम्बन्धी प्रमाणित विवरणसमेत अभिकर्ताले पेस गर्नुपर्ने भएको छ । कुनै बिमकले अभिकर्ताको इजाजतपत्र नवीकरण नचाहेको अवस्थामा इजाजतपत्र तत्कालै रद्द हुनेछ ।
नियमावलीमा सम्बन्धित बिमकको सिफारिससहित बीमा अभिकर्ता भई कार्य गरेको विवरण (नयाँ बीमलेख बेचेको विवरण) र बीमलेख नवीकरण प्रतिशतसम्बन्धी प्रमाण पेस गर्नुपर्ने प्रावधान छ । यसले गर्दा परिवारका सदस्यको र आफन्तजनको बीम गरेर कमिसन खान अग्रसर हुनेहरू बीम अभिकर्ता पेसामा प्रवेश हुनबाट रोकिने दाबी गरिएको छ ।
नयाँ प्रावधानले अब इजाजतपत्र नवीकरण नहुने कुनै पनि अभिकर्ताले जीवन बीमलेखको बाँकी अवधिको कमिसन पाउने छैनन् । अहिले इजाजतपत्र बहाल नभए पनि एकपटक बीमलेख जारी भई सकेपछि बाँकी अवधिको कमिसन पनि अभिकर्ताले निर्वाध रूपमा प्राप्त गर्दै आएका छन् । यस नियममा प्राधिकरणले तोकेको निश्चित प्रतिशतसम्म बीमलेख नवीकरण नगर्ने अभिकर्ताको इन्सेन्टिभ (प्रोत्साहन) बापतको रकममा तोकिएको प्रतिशत कट्टा गरेर बाँकी रकम मात्र भुक्तानी गर्नुपर्ने प्रावधानसमेत छ ।
आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा अभिकर्ता संख्या २ लाख ३६ हजार रहेकामा आर्थिक वर्ष २०८०–८१ मा बीमा क्षेत्रमा ९३ हजार ५ सय ७२ अभिकर्ता थपिएका छन् । अहिले अभिकर्ताको संख्या ३ लाख २९ हजार ५ सय ७२ पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार २०८१ साउनसम्म १ करोड ५१ लाख २६ हजार ५ सय ६३ जना बीमको दायरामा छन् ।
हामी बिसौ बर्ष देखि कार्यारत बीमा अभिकर्ता लाई किन + 2 मापदण्ड राखेको ?
बेकार को नियमावली छ
यस ले विमा ब्यवसाय मा ठुलो छति पुरयाउने छ