कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
४ फाल्गुन २०८१, आईतवार १४:१६

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट रिलेशनसीप म्यानेजर पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको प्रकाशित सूचनामा उल्लेख गरेको छ । उक्त पदमा आवेदन दिनको लागि वित्तीय क्षेत्रमा करिव दुई वर्ष काम गरेको अनुभव र स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले फागुन १५ गतेभित्र आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ।