ट्रष्ट माइक्रोले साढे २२ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

४ फाल्गुन २०८१, आईतवार १८:३७

काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख मूल्य बराबरको कूल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

प्रतिशेयर मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नछ । जसका लागि आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम पूरा गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरी सम्झौता गरेको छ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड २०८० साल कात्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले चैत्र १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।

उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*