बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

६ फाल्गुन २०८१, मंगलवार ०८:०३

काठमाडौं । ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५ दशमलव ५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले बोनस शेयरमा लाग्ने ५ प्रतिशत कर बापतको रकम जम्मा गराएपछि मात्रै शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाइने बताएको छ। साथै शेयर धितो राखेर ऋण लिएका शेयरधनीले कर जम्मा गरी ऋण दिने बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र वा एनओसी पत्र पेश गरेपछि मात्रै बोनस शेयर डिम्याट खातामा पठाइने जनाएको छ।

3 thoughts on “बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

  1. यस्तो किन गर्नु भयकाे हाे तेहि बाेनस रकम बाटै कर कट्टी गरेर बचेकाे रकमको बाेनस शेयर दिदा राम्रो हुने थियो त

  2. Dinanath Baral says:

    कर कट्टा गरेर बाेनस दिन मिल्दैन र कता काहा कर तिर्न जाने हाे बैक हरु लाई केले छाेयछ ?

  3. Jitendra magar says:

    11 kitako katiparx 11 kitako Pani tirnuparx

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*