ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

७ फाल्गुन २०८१, बुधबार १०:५३

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ।

उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*