नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री वितरण

७ फाल्गुन २०८१, बुधबार ११:३०

काठमाडौँ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*