लघुवित्तको बद्लिँदो वित्तीय चित्रः नाफामा ५०% को बढोत्तरी, एनपिएल र ईपिएसमा को तगडा? (सूचीसहित)

७ फाल्गुन २०८१, बुधबार ११:५६

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त कम्पनीहरु ऋण उठाउन सफल भइरहेको देखिन्छ ।

कम्पनीलेहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमास (साउनदेखि पुष) सम्ममा अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । नियामक नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयम कम्पनीहरुको सक्रियताले माइक्रोफाइनान्स सेक्टर सुधार तिर लम्किर रहेको वित्तीय चित्र देखा परेको छ । राष्ट्र बैंकले दिएको कर्जा पुनर्संचनाको सुविधाले नै लघुवित्तहरु आफ्नो मुहार फेर्ने सफल भएका छन् ।

हाल नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा सूचीकृत भएका ५० लघुवित्त कम्पनीहरुले चालु आवको पुष मसान्तसम्मको अवधिमा २ अर्ब ७८ करोड १५ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको देखिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०।०८१ को सोहि अवधिमा कम्पनीहरुले १ अर्ब ८४ करोड ८५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा ४३ वटा कम्पनी नाफाका देखिएका छन् भने ७ वटाले मात्रै ऋणत्मक अवस्थामा रहेका छन् । समिक्षा अवधिमा २८ वटा कम्पनीको आफ्नो मुनाफामा वृद्धि गरेको कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिपोर्टमा देखाएको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा साना किसान विकास लघुुवित्त पहिलो नम्बरमा रहेको छ । ६ महिनाको अवधिमा कम्पनीले ५१ करोड ७७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा १७.०१ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो नम्बरमा रहेको छिमेक लघुवित्तले ५१ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.३३ प्रतिशतले बढी हो ।

पुष मसान्तसम्ममा क्रमशः डिप्रोक्स लघुवित्तले २४ करोड ५६ लाख, नेशनल लघुवित्तले २१ करोड ५२ लाख, जीवन विकास लघुवित्तले २० करोड ५४ लाख, ग्रामिण विकास लुघवित्तले १८ करोड १८ लाख, निर्धन उत्थान लघुवित्तको १३ करोड ६० लाख, ग्लोबल आइएमई बैंकले ११ करोड ८३ लाख, स्वरोजगार लघुवित्तले ८ करोड ८० लाख र स्वाभिलम्बन लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै, यसअवधिमा नेष्डो लघुवित्त, इन्फिनिटि लघुवित्त, मातृभुमि लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, समता घरेलु लघुवित्त, विन विकास लघुवित्त, सामुदायिक लघुवित्तको नाफा ऋणत्मक रहेको छ ।

एनपिएल कुनको कति ?

लघुवित्त कम्पनीहरुले खराब कर्जा निरन्तर घटाउँदै गएको देखिन्छ । गत आवमा चुलिँदो खराब कर्जा विस्तारै ओरालो लागि रहेको छ । सबैभन्दा कम खराब कर्जा हुने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्सको १.७४ प्रतिशत रहेको छ भने महिला लघुवित्तको १.८६ प्रतिशत रहेको छ ।

यता, साना किसान लघुवित्तको २.२७ प्रतिशत, आरएसडिसि लघुवित्तको २.७१ प्रतिशत, डिप्रोक्स लघुवित्तको २.७२ प्रतिशत, गुराँस लघुवित्तको २.७८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको २.९१ प्रतिशत, नेशनल लघुवित्तको ३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.४२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.१० प्रतिशत, अभियान लघुवित्तको ४.१२ प्रतिशत र गणपति लघुवित्तको ४.१३ प्रतिशत खराब कर्जा रहेको छ ।

अझै २५ कम्पनीको खराब कर्जा भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि रहेको देखिएको छ । २५ वटा कम्पनीहरु खराब कर्जा घटाउँदै गएको देखिएपनि अझै ५ प्रतिशतभन्दा माथि नै रहेको हो ।

प्रतिशेयर आम्दानी

महिला लघुवित्तको प्रतिशेयर आम्दानी समेत सबैभन्दा माथि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६७.३७ रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४२.९२ रुपैयाँले बढी हो ।

चालु आवको ६ महिनामा मिथिला लघुवित्तको ३८.२४ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ, युनिक लघुवित्तको ३६.९० रुपैयाँ, सिर्जनशिल लघुवित्तको ३४.४० रुपैयाँ, सिवाईसि नेपालको ३२.४० रुपैयाँ, नेशनल लघुवित्तको ३२.३४ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३१.८४ रुपैयाँ, उपकार लघुवित्तको ३१.७२ रुपैयाँ, कालिका लघुवित्तको ३०.४९ रुपैयाँ, जनउत्थान लघुवित्तको २८.८० रुपैयाँ र स्वाभिमान लघुवित्तको २७.८३ रुपैयाँ प्रतिशतेयर आम्दानी रहेको छ ।

समिक्षा अवधिसम्ममा ७ कम्पनीको प्रतिशेयर आम्दानी ऋणत्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*