यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.१४ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.१७ रुपैयाँ र बिक्रीदर १७९.९५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.७६ रुपैयाँ र बिक्रीदर १५८.४४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.४० रुपैयाँ र बिक्रीदर ८७.७८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.९१ रुपैयाँ र बिक्रीदर ९७.३३ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४.२७ रुपैयाँ र बिक्रीदर १०४.७२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.७२ रुपैयाँ र बिक्रीदर १३.७८ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.१८ रुपैयाँ र बिक्रीदर २०.२६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.२५ रुपैयाँ र बिक्रीदर ४५२.२० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.९२ रुपैयाँ र बिक्रीदर ३६९.५१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.२७ रुपैयाँ र बिक्रीदर ३६१.८३ रुपैयाँ रहेको छ।