हिमालयन एभरेष्टको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ।
सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।












