स्वरोजगार लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

२७ फाल्गुन २०८१, मंगलवार १२:३३

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकका अनुसार यसै साता बाँडफाँट गर्ने गरी तयार भइरहेको बताएको हो । क्यापिटलले भन्यो, ‘यसै साता बाँडफाँट गर्ने भनेर कार्य भइरहेको छ । प्रक्रियामा छ । सकेसम्म शुक्रबारसम्म बाँडफाँट हुनेछ । सम्भव नभए अर्का साताको सुरुवातमै गर्नछौं ।’

एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको एफपिओ १९ हजार ५७७ जनाले १०।१० कित्ताका दरले हात पार्नेछन् । जसमा साढे १८ लाखभन्दा बढीको हात रित्तो हुने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*