बाणिज्य बैंकहरूले चैत महिनाको लागि ब्याजदर यथावत राखे, घटाउने बैंक कुन ?

२९ फाल्गुन २०८१, बिहीबार ११:३३

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। तर, तीन बैंकले ब्याजदर केही घटाएका छन्।

लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर ०.०८ प्रतिशतले कमी भई ५.९३ प्रतिशत कायम भएको छ। फागुनमा औसत ब्याजदर ६.०१ प्रतिशत थियो।

बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह सन्तोषजनक हुन सकेको छैन। ब्याजदर घट्दा ऋणीहरूलाई राहत मिल्ने देखिए पनि लगानीको वातावरण सहज बनाउने चुनौती कायमै छ।

लगभग डेढ वर्षदेखि बैंकहरूले ब्याजदर क्रमशः घटाउँदै आएका छन्, तर त्यसअनुरूप कर्जा प्रवाह भने अपेक्षाकृत रूपमा वृद्धि भएको छैन। बैंकहरूले ब्याजदर घटाएपछि लगानीकर्ताहरूको रणनीति परिवर्तन हुने संकेत देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*