नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
६ चैत्र २०८१, बुधबार ०७:१५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो।
कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ।
उक्त लाभांश पारित गर्न यही चैत १९ गते मंगलबारको दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि कम्पनीको सभा बस्दैछ।