मातृभूमि लघुवित्तको साधारणसभा आज, एफपीओ र मर्जर प्रस्ताव
२ बैशाख २०८२, मंगलवार ०८:४५

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ। यसको आधारमा चैत २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।