प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, गभर्नरको नियुक्ति हुन सक्ने

२ बैशाख २०८२, मंगलवार १६:५४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति लगायतका संवेदनशील विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बालुवाटारमा साँझ ६ बजेका लागि बैठक तय गरिएको हो।

बैठकमा आन्दोलनरत शिक्षक र चिकित्सकसँग सम्बन्धित मागहरूका साथै रिक्त रहेको राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिको विषयमा गम्भीर छलफल हुने स्रोतले जनाएका छन्।

बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमै भेटवार्ता गरेका छन्। दुई नेताबीच सरकारलाई थप प्रभावकारी बनाउने र पछिल्लो समय सरकारको निरन्तरतासम्बन्धी उठेका प्रश्नहरूको सन्दर्भमा समन्वयबारे छलफल भएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*