ट्रेड टावरको ३९ लाख कित्ता आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले भर्न पाउने?

८ बैशाख २०८२, सोमबार ०६:१९

काठमाडौं । ट्रेड टावर लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ।

कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरेको हो।

यसमा आवेदकले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गतेसम्म रहेको छ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*