कालिका र जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, मूल्य कति?

८ बैशाख २०८२, सोमबार ०६:४३

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ४६८ कित्ता र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

दुवै कम्पनीको शेयर सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने छन्। कालिका लघुवित्तले शेयरको बिक्रीमूल्य खुलाएको छैन भने जीवन विकास लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ।

कालिका लघुवित्तको शेयर खरीद गर्न चाहनेले पोखरा–१० कास्की र जीवन विकास लघुवित्तको कटहरी–२ मोरङस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आगामी ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।

साथै दुवै कम्पनीले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*