नाफासँगै बढ्यो सपोर्ट लघुवित्तको प्रतिशेयर आम्दानी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ।
कम्पनीले गत वर्षको चैत मसान्तसम्म गरेको १ करोड २३ लाखको तुलनामा यस वर्ष १४८ प्रतिशतभन्दा बढीले खुद नाफामा वृद्धि भएको हो।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७ रुपैयाँ २८ पैसाबाट बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ।
त्यस्तै यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ६ करोडबाट बढेर १० करोड पुगेको छ भने सञ्चालन नाफा पनि १ करोडबाट बढेर ४ करोड नाघेको छ।
चुक्ता पूँजी १२ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा करीब साढे ६ करोड सञ्चिति रहेको छ। कम्पनीले १ अर्ब ८४ करोडबढी ऋण दिएको छ।
प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७९ पैसा रहेको कम्पनीको निष्क्रिय कर्जा सामान्य बढेर १.६४ प्रतिशत कायम भएको छ।