सम्पन्न क्यापिटलको हकप्रदमा आवेदन खुल्यो

११ बैशाख २०८२, बिहीबार १४:०९

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडको १ः०.१२ शेयरको अनुपातमा हकप्रद खुलेको छ।

कम्पनीले आज वैशाख ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद निष्कासन खुला गरेको हो।

यसमा जेठ १५ गतेसम्म आवेदन दिन सकिने छ। इच्छुक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी शेयर खरीद गर्न सकिने कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*